नेशनल प्याब्सन तनहुँको आयोजनामा विद्यालय स्तरीय नृत्य प्रतियोगिता शुक्रबार दमौलीमा सम्पन भएको छ । नेशनल प्याब्सन तनहुँका अध्यक्ष विश्वेश्वर खनालको अध्यक्षतामा शुभारम्भ भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली काङ्ग्रेसका पुर्व सभापति रघुनाथ पौडेलले रहनुभएको थियो ।
कार्यक्रमको उद्धघाटन गर्दैै पौडेले विद्यार्थीहरुलाई किताबी ज्ञानले मात्र पर्याप्त नहुने भएकाले नृत्य प्रतियोगितालाई निरन्तरता दिनुपर्ने बताउनुभएको थियो । कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष तिलक बहादुर चौहानले विद्यार्थीलाई शिक्षासँगै विभिन्न कृयाकलापमा पनि महत्वपुर्ण रहेको बताउनुभएको थियो ।



कार्यक्रममा नेशनल प्याब्सनका निवर्तमान अध्यक्ष रामकृष्ण विक, नेशनल प्याब्सनका केन्द्रीय सदस्य सन्त बहादुर तामाङ,नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डि पि अधिकारी लगाएतले यो प्रतियोगिताले विद्यार्थीको प्रतिभा बाहिरा ल्याउने सुनौलो अवसर भएको बताउनुभएको थियो । उक्त कार्यक्रमको सञ्चालन नेशनल प्याब्सनका उपाध्यक्ष विश्वास केसीले गर्नुभएको थियो भने कार्यक्रमको स्वागत अतिरिक्त क्रियाकलाप संयोजक जयराम अधिकारीले गर्नुभएको थियो ।
सो नृत्य प्रतियोगितामा व्यास १ स्थित दमौली पव्लिक वोडिङ स्कुल प्रथम भएको छ। द्धितिय न्यु मनकामना इङलिस वोडिङ स्कुल, तृतिय दमौली सेकेन्डरी स्कुल भएको छ । सान्त्वनामा लर्डबुद्ध एकेडेमी स्कुल , तनहुँ ज्ञानगङ्गा बोडिङ स्कुल र लालिगुराँस बिद्या सागर बोडिङ भएको छ ।
प्रतियोगितामा प्रथम , द्धितीय , तृतीय र सान्त्वना हुने टिमलाई क्रमशः नगद १६ हजार ,१० हजार,८ हजार र सान्त्वना हुने ३ वटा टिमलाई २ हजार नगदका साथ ट्रफी , मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

