जेसिआई व्यास नगरको अध्यक्षमा सुमित ढुंगाना सर्वसम्वत निर्वाचित हुनुभएको छ । जेसिआईको आइतबार सम्पन्न ३० औ शाखा अधिवेशनबाट बर्ष–२०२५ का लागि अध्यक्ष पदमा निर्वार्चित हुनुभएको हो । अधिवेशनबाट कार्यकारिणी उपाध्यक्षमा सनम अधिकारी,कार्यकारिणी उपाध्यक्षमा सुरज गुप्ता,कानुनि सल्लाहकारमा गोपाल,महासचिवमा रवि भुजेल,कोषाध्यक्षमा डिक्सन मल्ल,उपाध्यक्षमा अंन्कित गुरुङ,उपाध्यक्षमा यम बतास,उपाध्यक्षमा अनुप राना,उपाध्यक्षमा बिरोध श्रेष्ठ,सचिवमा बिनोद कुमार गोशली चयन हुनुभएको छ ।