मोहन बतास फाउन्डेसन एंव व्यास दिव्य ज्योती बोर्डिङ स्कुलको संयुक्त आयोजनामा शैक्षिक सामाग्री तथा न्यानो कपडा वितरण गरिएको छ । मंगलबार व्यास १३ स्थित श्री बेनीमित्र प्राथमिक विद्यालयका ३३ जना विद्यार्थीलाई मोहन बतास फाउन्डेसनका संस्थापक अध्यक्ष एवं समाजसेवी मोहन काजी बतासले आफ्नै हातले लड्डु खुवाउदै न्यानो कपडा, झोला र स्टेशनरी सामान वितरण गर्नुभएको हो ।

सो अवसरमा बोल्दै समाजसेवी मोहन काजी बतासले समाज परिर्वतन गर्ने हो भने पहिला विद्यालयबाट सुधार गनुपर्ने बताउनुभएको थियो । ठुला ठुला भाषणले मात्र केही नहुने विद्यालयको अवस्था हरेर भौतिक ,शैक्षिक सुधारमा स्थानीय तह विभिन्न पाटी पंती लाग्नुपर्ने बताउनुभएको थियो । उहाँले गरिब , जेहेन्दार विद्यार्थीलाई सहयोग गर्न पाउदा आफुलाई खुसी लागेको बताउनुभयो ।

जम्मा विधार्थी संख्या ३३ जना रहेको विधालयमा सबै विधार्थीलाई पुग्नेगरी ३३ थान झोला, ३३ दर्जन कपी , ३३ दर्जन पेन्सील,३३ थान सुइटर लगाएतका सामाग्री वितरण गरिएको संस्थाका अध्यक्ष ओम कुमार श्रेष्ठले जानकारी दिनुभयो । यस संस्थाले विभिन्न पिछाडीयको वर्ग , क्लब , आमा समुह, मठ मन्दर , विधालय तथा जेहेन्दार विधार्थीहरुलाई सहयोग गर्दै आएको श्रेष्ठले बताउनुभयो ।

सोहि क्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेख बहादुर थापाले फाउन्डेसनले गरेको काम निकै प्रसंशनीय रहेको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक किशोर सुनामले विद्यालयलाई सहयोग गर्नुभएकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो ।

साथै समाजसेवी एवं स्थानीय मेघनाथ आर्चयले विद्यालयको भौतिक सुधारमा स्थानीय सरकारले ध्यान दिनुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा व्यास दिव्य ज्योती बोर्डिङ स्कुलका सहायक प्रधानाध्यापक अमर गुरुङ, तनहुँ तरङ्ग मिडियाका प्रधान सम्पादक सुरेश सेन्चुरी, फाउन्डेसनका सचिब सर्जन थापा मगर लगाएतको उपस्थिति रहेको थियो ।

विद्यालय बि सं २०२९ सालमा स्थापन भएको थियो । बाल बिकाश देखि कक्षा ५ सम्म रहेको विद्यायलमा हाल ३३ जना विद्यार्थी मात्र अध्यन् रत रहेका छन् ।