नेपाल जेसिसको क्षेत्र “ख” सम्मेलन दमौलीमा हुने भएको छ । नेपाल जेसीस वर्ष २०२५ का लागी हुन गईरहेको क्षेत्र ” ख” को सम्मेलन गर्ने जिम्मा जेसीस व्यास नगर कमिटिले पाएको जेसिस व्यास नगरका पुर्ब अध्यक्ष कृष्ण सुनारले जानकारी दिनुभयो । उक्त सम्मेलनका लागि शाखाको साधारणसभा बाट बर्ष २०१४ का अध्यक्ष सिनेटर सुरेश पुरीलाई सम्मेलन निर्देशक पदमा सर्वसम्मत नियुक्ति गरेको शाखाका अध्यक्ष नबिन पुरीले जानकारी दिनुभयो ।
व्यासको भुमिलाई सबैमाज चिनाउने, पर्यटन पर्वदन गर्ने र स्थानिय व्यापार व्यावसायमा थप टेवा पुराउने उद्धेश्यले दमौलीमा कार्यक्रम गर्न लागिएको निर्देशक सुरेश पुरीले जानकारी दिनुभयो । २ दिने कार्यक्रममा १४ जिल्ला का ४१ शाखाबाट करिब छ सय भन्दा बढी पर्यटकहरु भित्रिन सक्ने उहाले बताउनुभयो । कार्यक्रम हल कहाँ र कुन मितिमा गर्ने भन्ने बिषयमा केहिदिनपछी पत्रकार सम्मेलन गरी जानकारी दिने पुरीले बताउनुभयो ।