बन्दीपुर गाउँपालिकामा पशुहरूको पूर्ण खोप कार्यक्रम सुरु भएको छ। भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँको आयोजनामा बन्दीपुर गाउँपालिकामा पूर्ण खोप सुरु भएको हो।पशुजन्य रोगहरू नियन्त्रणको लागि खोप कार्यक्रम सार्थक तथा आवश्यक रहेकोले भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँ र बन्दीपुर गाउँपालिकाको सहकार्यमा कार्यक्रम सुरु भएको पशु सेवा तथा मत्स्य विकास कार्यक्रम शाखा बन्दीपुरका प्रमुख मधुबिलास न्यौपानेले बताउनुभयो । न्यौपानेका अनुसार रोग नियन्त्रण तथा व्यवसायिक रूपमा पशुपालन गर्ने किसानहरूले सफलता हासिल गर्न सक्ने यसैगरी व्यावसायिक रूपमा पालिएका पशुहरूमा बेलाबखत पशुजन्य रोगहरूमा महामारी देखिदै आएकोमा पूर्णखोप अभियानले पशुको स्वास्थ्यमा सुधार आउने समेत गरेको छ ।
गाउँपालिकाको हरेक वडामा पशुप्राविधिकहरूले तोकिए अनुसार गाईभैंसीमा खोरेत चर्चरी भ्यागुते र लम्पीस्किन रोक विरुद्ध बङ्गुरमा क्लासिकल स्वाइन फिभर र खोरेत रोग विरुद्ध भेडा बाख्रामा पिपिआर रोग विरुद्ध र कुकुर बिरालोमा रेबिज रोग विरुद्ध खोप लगाउनेछन्। शाखा प्रमुख न्यौपानेका अनुसार बन्दीपुर गाउँपालिकामा रहेका पशुहरूको सङ्ख्या र त्यसको अवस्थाको बारेमा विवरण समेत संकलन गरिने छ ।पूर्णखोप कार्यक्रम बन्दीपुर गाउँपालिकामा एक महिनासम्म सञ्चालन हुनेछ। कार्यक्रम १५ गतेदेखि सुरु भइसकेको छ। पूर्णखोप कार्यक्रमकै लागि भनेर अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुले हरेक वडाका लागि एक एक जना पशु प्राविधिक नियुक्ति गरेको छ ।
गाउँपालिका कृषकहरूले निम्न प्राविधिकहरूलाई सम्पर्क गरी खोप लगाउन गाउँपालिकाले आग्रह गरेको छ।बन्दीपुर गाउँपालिका वडा नम्बर १ मा कमला परियार सम्पर्क नम्बर ९८४६४८९ ५३६ वडा नम्बर २ मा सुजन घिमिरे सम्पर्क नम्बर ९८४६८ २०४६६ वडा नम्बर ३ मा रविना शर्मा सम्पर्क नम्बर ९८४६९ १२२०६ वडा नम्बर ४ मा कमला बिक सम्पर्क नम्बर ९८४६७०११९३ वडा नम्बर ५ मा रेखबहादुर थापा सम्पर्क नम्बर ९७४५३ ४२४२१ र वडा नम्बर ६ मा अविनाश थापा, सम्पर्क नम्बर ९८६११९२८७६ रहेको छ ।