शुक्रबार व्यास-१० बैरेनी स्थित उज्यालो घरमा लियो क्लब अफ तनहुँको आयोजनामा लायन वर्ष २०२२/०२३ को अन्तिम कार्यक्रम खाद्यान्न,खेलकुद सामाग्री, झोला तथा शैक्षिक सामाग्री वितरण गरेकाे छ । सो कार्यक्रमको सभापति क्लब का अध्यक्ष लियो महम्मद गफ्फरले गर्नु भयको थियो भने प्रमुख अतिथिमा लायन्स क्लब अफ तनहुँका पुर्व अध्यक्ष लायन श्रीभद्र खनाल रहनु भएको थियो ।उक्त कार्यक्रममा लियो क्लब अफ तनहुँका पुर्व अध्यक्ष लियो युवराज भन्डारी, तनहुँ उद्योग वाणिज्य संघ दमौलि बजार इकाइ का सदस्य सलिम मिया ज्यु लगायत लियो साथीहरूको उपस्थिति रहेकाे थियाे। साथै उक्त कार्यक्रममा उज्यालो घरका साना साना नानिबाबुहरु बिच असार १५ को अवसर पारेर दहिचिउरा खुवाइ र सम्पूर्ण लियो साथिहरुलाइ बोलाइ आफ्नो कार्यकालको अन्तिम मा अझ रमाइलो गरियो भन्दै यसै क्लब का अध्यक्ष लियो महम्मद गफ्फारले बताउनुभयो।कार्यक्रम को सहजीकरण यसै क्लबका कोषाध्यक्ष लियो मुकेश बिडारीले गर्नु भएको थियो।