दमौली स्थित दमौली फुटसलमा लियो क्लब अफ तनहुँको आयोजनामा पाचौं लियो कप आज सम्पन्न भएकाे छ। उक्त कार्यक्रमको सभापति क्लबका अध्यक्ष लियो महम्मद गफ्फरले गर्नु भयको थियो भने प्रमुख अतिथि ब्यास न पा वडा नं २ का अध्यक्ष लायन काशिराम श्रेष्ठले गर्नु भयको थियो । प्रतियोगिताको प्रथम स्थान लियो क्लब अफ तनहुँ र द्वितिय लायन्स क्लब अफ तनहुँ दमौली भएको थियोे ।प्रतियोगितामा दमौली भित्र रहेका विभिन्न लायन्स तथा लियो क्लबहरुको उपस्थिति रहेकाे थियाे । साथै कार्यक्रमको सन्चालन क्लबका कोषाध्यक्ष मुकेश बिडारीले गर्नुभएको थियो।
