१६ औँ राष्ट्रिय खुल्ला नकआउट भानुकप फुटबल प्रतियोगिता तथा विविध खेलकुद कार्यक्रम हुने भएको छ । यहि आषढ २९ गतेदेखि श्रावण ६ गतेसम्म आदिकवि भानुभक्त आर्चायको २१० औँ जन्म जयन्तीको अवसरमा भानुकप फुटबल हुने भएको हो । भन्सार युवा परिवार, भिमसेन युवा क्लब, सालविस्ने युवा क्लब भानुको आयोजनामा क्षेत्रीय भानु रंगशाला भन्सार बजारमा हुने फुटबल प्रतियोगितामा प्रथम पुरस्कार २ लाख २५ हजार २ सय १० रुपयाँ ट्रफि , मेडल , प्रमाण पत्र ,द्धितिय पुरस्कार १ लाख १२ हजार २ सय १०रुपयाँ ट्रफि , मेडल , प्रमाण पत्र ,तृतिय स्थानमा समावेश हुने टिमलाई बिस हजार २ सय १० रुपयाँ प्रमाण पत्र र उतकृष्ट खेलाडी उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता रु ५, हजार २ सय १० र अनुशासित टिम तथा प्रत्येक खेलको म्यान अफ दि म्यावलाई विशेष पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । उक्त प्रतियोगिता टिम दर्ता मिति आषढ १५गतेदखि २७ गते सम्म रहेको छ ।