जेसीज सप्ताहन्त अन्तर्गत शनिबार जेसीज व्यास नगरद्धारा आयोजित जेसीज अन्तर्गतका शाखाहरु बिच मैत्रीपूर्ण फुट्सल प्रतियोगिता सम्पन्न भएको छ । उक्त कार्यक्रमको व्यास नगरपालिकाका नगर उप प्रमुख इन्दिरा दरैले उद्घाटन गर्नुभएको थियो । उक्त कार्यक्रममा जेसीआई पोखरा, लगायत अन्य छिमेकी शाखाहरु जेसीआई बागलुङ, जेसीआई लेखनाथ, जेसीआई गोरखा, जेसीआई शुक्लागण्ड्की, जेसीआई लम्जुङ, जेसीआई भानु बन्दिपुर शाखाहरुको उपस्तिथि रहेको थियो । उक्त प्रतियोगितामा जेसीआई लम्जुङ प्रथम भएको छ । त्यस्तैगरी, द्वितीय जेसीआई शुक्लागण्डकी सफल भएको थियो । विजेता टिमले रु १५ हजार २३, मेडल, ट्रफी र प्रमाणपत्र हात पार्न सफल भएको छ भने उप बिजेताले १०हजार २३ मेडल ट्रफी र प्रमाणपत्र सहित को पुरस्कार प्रदान गरिएको जेसीआई व्यासनगरका महासचिव जेसी सुनिल श्रेष्ठले बताउनु भयो । उक्त कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय पदाधिकारीहरु, जेसीआई व्यासनगरका पुर्व अध्यक्षहरु, विभिन्न छिमेकी शाखाका अध्यक्षहरु, पुर्व अध्यक्षहरु लगायत पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
