प्रथम गण्डकी कराते महासंघको महाधिवेशनबाट मनिराज थापा मगर अध्यक्षमा निर्वाचित हुनुभएको छ । । महासंघको पहिलो पटक गठन गरिएको सम्मेलनमा १७ सदस्य र्निवाचित भएका छन् । समितिको उपाध्यक्षमा कास्कीका धन लामा, अर्का उपाध्यक्षमा नवलपुरका निरज गौतम , सचिवमा बालुङका राजन पाइजा , कोषाध्यक्ष्मा लमजुङकी राधा तामाङ र सहसचिवमा पर्वतका सुशिल वि।क चयन भएका छन् । त्यस्तै समितिको सदस्यहरुमा स्याङजाका छविलाल गाहा , म्यादीका रुद्रबहादुर रेग्मी , गोरखाकारामबहादुर थापा , बाग्लुङका पुष्पाकुमारी क्षेत्री, तनहुँका माधव रानाभाट , नवलपुरका ओम थापा चयन भएका छन् । त्यसरी नै कस्कीका प्रेम गुरुङ, लमजुङका विक्रम घले , कास्कीका रामदव पुन, नवलपुरका भुपराज पाठक सदस्यमा निर्वाचन भएका हुन् । गण्डकी प्रदेश संयोजक सुरेन्द्र कुमार गुरुङको अध्यक्ष्कमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाल कराते महासंघका केन्द्रिय सहसंयोजक दावा गुरुङ रहनुभएको थियो ।