अन्तराष्ट्रिय नारी दिवसको अवसरमा बुधबार व्यास नगरपालिकाले आयोजना गरेको म्याराथनमा त्रिभुवन आर्मी क्लब काठमाण्डौंकी पूर्णलक्ष्मी न्यौपानेले उपाधि चुमेकी छन् । न्यौपानेले एक घण्टा सत्चालिस मिनेट एकाउन्न सेकेण्डमा पार गर्दे प्रथम भएकी हुन् । त्यसैगरी सोलुखुम्बुकी अनिता राई द्वितीय भइन् । उनले एक घण्टा बाउन्न मिनेट चौविस सेकेण्डमा दुरी पार गरेकी थिइन् । जुम्लाकी बिश्वरुपा बुढाले एक घण्टा सन्ताउन्न मिनेट बत्तीस सेकेण्डमा दुरी पार गरी तृतीय भएकी छन् ।
प्रतियोगितामा प्रथम हुने धावकले रु ४१ हजार ७९, दितिय हुनेले रु ३१ हजार ७९ र तृतीय हुने धावकले रु २१ हजार ७९ , मेडल ,ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ । व्यास गुफादेखि सफासडक हुँदै तालघरे, मुसेखोला, घाँसीकुवा, परासर मार्गको सेरा, बेलटारी, अर्चलचौर, धरमपानी हुँदै तनहुँसुर दरबारसम्म पुगेर म्याराथनको अन्त्य भएको थियो ।प्रतियोगितामा चौसठ्ठी जना धावकले भाग लिएका थिए ।