तेस्रो महिला खुल्ला हाफ म्याराथनको व्यास नगरपालिकाले तीव्र तयारी गरेको छ । सोमबार पत्रकार सम्मेलन गदै सो कार्यक्रमको बारे जनाकारी दिएको हो । विगत तीन बर्षदेखी फागुन २४ गते अन्तराष्ट्रिय नारी दिवसको अवसरमा महिला खुल्ला हाफ म्याराथन प्रतियोगिता आयोजना गर्दै आएको छ । म्याराथनमा व्यास गुफा देखी अनसनचौतारी , दुर्गा मन्दिर, जलदेवी चोक, भोर्लेटारचोक, गणेशमान चोक, वन कार्यालय , सफासडक हुदै पृथ्वी राजमार्गको तालघरे, बाराही रानी मार्गको रानीगाँउ, दरै पँधेरा, पराजुलीचोक, पराशर मार्गको बेलटारी , खड्गकाली मार्गको चिसापानी , अर्चलचौर, धरमपानी, गंगलथोक, पत्यारथोक,चण्डीथान, गद्दीचौतारा हुदै ऐतिहासीक तनहुँसुर दरवारमा गइ टुङ्गिनेछ । प्रतियोगितामा प्रथम हुनेलाई ४१ हजार ७९ , द्धितिय हुनेलाई ३१ हजार ७९, तृतीय हुनेलाई २१ ह्जार ७९ र सान्त्वना हुने ३ जनालाई जनहि ११ हजार ७९ पुरस्कार प्रदान गरिने व्यास नगरपालिकाका खेल संयोजक सुरेश थापाले जानकारी दिनुभएको छ । प्रतियोगितामा ५० जना भन्दा बढीको सहभागिताको अपेक्षा गरीएको र हालसम्म १५ जनाले नाम दर्ता गराएका छन् । नाम दर्ताका लागि भोली दिउसो सम्म गराउन पाउने नगरपालिकाले जनाएको छ ।