घिरिङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा भएको १५ किलोमिटर पर्बतिय दौड प्रतियोगिता बाट नरेन्द्र सिं रावत प्रथम भएका छन। रावतले ५० मिनेट ३७ सेकेन्डमा दुरि पूरा गरेका थिए। यस्तै ५० मिनेट ३९ सेकेन्डमा दुरि पूरा गरेर सुवास कार्की द्दितिय र ५२ मिनेट २८ सेकेन्डमा राजन मेयोङ्बा तिर्तिय हुन सफल भएका छन। उनिहरु सबै त्रिभुवन आर्मी क्लब काठमाडौ बाट प्रतियोगितामा सहभागी भएका हुन। उनिहरुले प्रथम पुरस्कार रु ४० हजार, द्दितिय पुरस्कार रु २० हजार , तिर्तिय पुरस्कार रु १० हजार सहित प्रमाणपत्र र मेडल प्राप्त गरेका छन।

सो प्रतियोगितामा ७४ जना धावकले भाग लिएका थिए। दौड प्रतिस्पर्धा बाट ७ जनाले रु ३ हजारको दरले सान्त्वना पुरस्कार पाएका छन। सान्त्वना पुरस्कृत हुनेहरु क्रमश होम लाल श्रेष्ठ काठमाडौ, विशाल गुरुङ्ग भिमाद ३, सनम गुरुङ्ग आँबुखैरेनी, जुनेस खड्का काठमाडौ, मोहन देब जोशी बैतडी, सरोज शर्मा कास्की, देवराज महत्तरा काठमाडौ रहेका छन। यसै गरि घिरिङ भित्र बाट वडा नं ३ का दशरथ आले प्रथम, वडा नं ५ का तिल बहादुर थापा द्दितिय र वडा नं ३ का विशाल थापा तिर्तिय भएका छन। उनिहरुले पनि रु ३ हजारको दरले सान्त्वना पुरस्कार पाएका छन।

तनहुँ जिल्लाको दक्षिण भेगमा पर्ने स्याङ्जा, पाल्पा र नवलपुरको सिमाना रहेको घिरिङ गाउँपालिकामा पहिलो पटक दौड प्रतियोगिता राखिएको हो। “स्वास्थ्यका लागि दौड , राष्ट्रका लागि दौड” भन्ने मुल नारा सहित गाउँपालिका बिशेष सहयोगिको रुपमा रहेको थियो। शनिवार घिरिङ गाउँपालिका वडा नं ३ रानिपोखरी बाट गाउँपालिका अध्यक्ष होम बहादुर थापाले प्रतियोगिताको शुभारम्भ गरेका थिए। रानिपोखरी बाट सुरु गरि मानपुर पुगेर सोही ठाउँमा पुनः फर्किएर धावकहरुले १५ किलोमीटर दुरि पूरा गर्ने मापदण्ड रहेको थियो।

सो कार्यक्रमको समापन घिरिङ स्वास्थ्य चौकी प्राङ्गणमा गरिएको थियो। घिरिङ बहुउद्देश्यीय सहकारिका अध्यक्ष मन बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी गण्डकी प्रदेशकी उपसभामुख बिना कुमारी थापा मगर रहेकी थिइन।थापाले बिजेता लाई पुरस्कार हस्तान्तरण गर्दै स्वास्थ्यको लागि खेल अपरिहार्य रहेको बताएकि थिइन। उनले घिरिङमा पहिलो पटक पाइला टेक्न पाउँदा खुसि भएको ब्यक्त गर्दै बहु भाषिक ,सांस्कृतिक र प्राकृतिक रुपमा भरिपूर्ण रहेकोले घिरिङ पर्यटकिय क्षेत्र सम्भावना बोकेको जनाएकी थिइन। साथै उनले प्रदेशमा आफ्नो भुमिका समान तथा मध्यस्थकर्ताको रुपमा रहने प्रतिबद्धता समेत गरेकी थिइन।

यस्तै बिशिस्ट अतिथिमा गण्डकी प्रदेश सभा सदस्य श्याम राजा महत, घिरिङ गाउँपालिका अध्यक्ष होम बहादुर थापा, खेलकुद परिषद गण्डकी प्रदेश कार्यकारी सदस्य तारा थापा मगर, घिरिङ गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रसाद पोखरेल, घिरिङ गाउँपालिका निबर्तमान अध्यक्ष रन बहादुर राना लगायतले बोलेका थिए।यसै गरि उपाध्यक्ष राधा देवि अधिकारी, वडा अध्यक्षहरु र राजनितिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। उक्त कार्यक्रम संचालन नवराज श्रेष्ठले गरेका थिए भने स्वागत मन्तब्य हुम आलेले गरेका थिए। कार्यक्रममा कौरा नृत्य र पन्चे बाजा जस्ता साँस्कृतिक प्रस्तुति पनि रहेको थियो।