यही फागुन १३ प्रथम घिरिङ्ग पर्वतीय दौड प्रतियोगिता हुने भएको छ । घिरिङ्ग बहुउद्देश्यी सहकारी संस्था लिमिटेडको आयोजना तथा घिरिड गाउँपालिकाको बिशेष सहयोगीमा उक्त दौड प्रतियोगिता हुने भएको हो । ‘स्वास्थ्यको लागि दौड,राष्ट्रको लागि दौड’ भन्ने नाराका साथ पन्ध्र किलोमिटरको खुल्ला म्याराथन दौड प्रतियोगितामा भाग लिन इच्छुक धावकले फागुन १२ गतेसम्म आवेदन दिन सक्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पोखरेलले जानकारी दिएका छन् । प्ररतियोगिताको लागि आवदेन शुल्क रु पाँच सय,एक प्रति फोटो र स्वास्थ्य जाँच प्रमाणपत्र पेश गर्नुपर्ने रहेको छ । उक्त प्रतियोगितामा प्रथम पुरस्कार रु चालिस हजार द्धितीय पुरस्कार रु बीस हजार र तृतीय पुरस्कार रु दश हजार र सात जनालाई सान्तवना पुरस्कार तीन हजार नगद तथा मेडल र प्रमणपत्र रहको आयोजकले जनाएको छ ।