व्यास नपा वडा नं ७ का बिशाल गुरुङ्गले व्यास अल्ट्रा म्याराथनको उपाधि जित्न सफल भएका छन् । शहीद दिवसको अवसरको व्यास नगरपालिकाले आयोजना गरेको व्यास अल्टा म्याराथनको उपाधि भारतीय सेनामा कार्यरत २६ बर्षीय गुरुङ्गले ३ घण्टा २८ मिनेट २६ सेकेण्डामा पार गर्दै प्रथम हुन सफल भएका हुन् । व्यास–५ को मानहुँदेखि व्यास–८ को पुलिमराङ्गसम्मको ४४ किलोमिटरको म्याराथनमा उनले ५७ जना धावकलाई पछि पार्दै उक्त उपाधि चुम्न सफल भएका हुन् ।

त्यसैगरी व्यास–६ का साहस पन्थ द्वितीय भएका छन् । उनले ३ घण्टा ३६ मिनेट ३८ सेकेण्डामा दुरी पार गर्दै द्वितीय स्थान हासिल गर्न सफल भएका हिुन् ।
त्यसैगरी आँबुखैरेनीगापा बडा नं १ का सनम गुरुङ्ग तृतीय भएका छन् । उनले ३ घण्टा ३८ मिनेट ३१ सेकेण्डम दुरी पार गरेका थिए ।

‘विविधतायुक्त गाउँशहर,समृद्ध मेरो व्यास नगर’ भन्ने मुल नारासहित प्रर्यटन प्रबद्र्धन गर्ने उद्वेश्यले व्यास नगरपालिकाले व्यास नगर अल्टा म्याराथनको आयोजना गरेको हो ।
प्रतियोगितामा प्रथम पुरस्कार रु ६१ हजार द्वितीय रु ५१ हजार तृतीय रु ३८ हजार र सान्तवना तीन जनालाई जनही रु बाह्र हजार पाँच सयका दरले प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए ।
नगरपालिकाले खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पाँच बर्षदेखि शुरुवात गरेको म्याराथनलाई यसबर्ष पनि निरन्तरता दिदै आएको व्यास नगर प्रमुख बैकुण्ठनाथ न्यौपानेले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथी तनहुँ क्षेत्र नं १ का प्रतिनिधी सभासदस्य रामचन्द्र पौडेलले बिजयी धावकहरुलाई पुरस्कार तथा प्रमाणपत्रले सम्मान गरेका थिए । कार्यक्रममा पुर्ब मन्त्रि दोवाटे बि क, तनहुँ क्षेत्र नं १ का प्रदेश सभासदस्य असोक श्रेष्ठ, जिल्ला समनय समितिका प्रमुख शान्ति रमण वाग्ले , नगरप्रमुख बैकुण्ठ न्यौपाने विभिन्न वडाका प्रतिनिधि लगायतका व्यक्तिहरुको उपस्थित रहेको थियो ।