गण्डकी प्रदेश कबड्डी संघको आयोजना, प्रदेश खेलकुँद परिषदको प्रर्बदन तथा आर्थिक सहयोग र जिल्ला खेलकुँद विकास समिति तनहुँको समन्वयमा असार ९ गते देखी दमौलीमा गण्डकी प्रदेश स्तरीय पुरुष कबड्डी प्रतियोगिता हुने भएको छ ।

उक्त प्रतियोगिताको अनसन चौतारी स्थित बास्केटबल कोर्टमा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तीरमण वाग्लेले उद्घाटन गर्ने छन् । उक्त प्रतियोगिताको खेलहरु भने व्यास नपा १ स्थित फुटसलमा हुनेछ ।

प्रतियोगितामा गण्डकी प्रदेशका आठ वटा जिल्लाहरु तनहुँ, गोरखा, नवलपुर, कास्की स्याङजा, पर्वत, बाग्लुङ र म्याग्दी जिल्लाको सहभागिता रहने जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डेले बताए ।