तनहुँ जिल्ला क्रिकेट संघको आयोजनामा तनहुँ टी 20 क्रिकेट प्रतियोगिता हुने भएको छ । भाेली देखि ९ गते सम्म व्यास ५ पटनको खेल मैदानमा सो खेल हुने भएको हो ।
सो प्रतियोगिताको प्रथम पुरस्कार नगत रू ७५ हजार ट्रफी पदक ,द्वितीय पुरस्कार नगत रू ३० हजार ट्रफी पदक रहेको संघका अध्यक्ष मदन तिमिल्सिनाले जनाकारी दिनुभयो ।उहाँका अनुसार प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई ‘प्लेयर अफ द सिरिज’, ‘सर्वोत्कृष्ट ब्याट्सम्यान’, ‘सर्वोत्कृष्ट बलर’, ‘उदीयमान खेलाडी’ लगायतको उपाधी सहित पुरस्कार प्रदान गरिनेछ। प्रत्येक खेलमा ‘प्लेयर अफ द म्याच’ घोषणा गरिने उहाँले जनाकारी दिनुभयो ।
प्रतियोगितामा ९ वटा टिमको सहभागी हुने नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य सुदिप शर्माले जनाकारी दिनुभयो ।
जसमध्ये इस्टर्न क्रिकेट एकेडेमी, बैरेनी क्रिकेट क्लब, दमौली क्रिकेट क्लब, प्रगतिशील क्रिकेट क्लब केशवटार, मन्दाकिनी क्रिकेट एकेडेमी, हिमालय स्पोर्ट्स एकेडेमी, आरसीबी क्रिकेट एकेडेमी चितवन, पेलिकन्स क्रिकेट क्लब र दमौली रिभास क्लब सहभागी हुने शर्माले बताउनुभयो ।
प्रतियोगिता भोली बिहान ८ बजेबाट सुरू हुने आयोजकले जनाएको छ ।
