तनहुँ – ललितपुरको सेन्स जेभियस स्कूलमा जारी २५ औ फादर मो¥यान कप फुटबल प्रतियोगितामा तनहुँको माया युनिर्भस एकेडेमी फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको प्रतियोगितामा नेपाल डन बस्को स्कूललाइ ४–१ गोलान्तरले जित्दै माया युनिर्भस एकेडेमी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो। शनिवार भएको सेमिफाइनल खेलमा माया युनिर्भस एकेडेमीका तर्फबाट बिबेक परियारले २ गोल गरेका थिए । आगमी सोमबार माया युनिर्भस र आयोजक सेन्ट जेभियर्स, गोदावारी स्कूल बिच फाइनल प्रतियोगिता खेल हुने आयोजकले जनाएको छ । प्रतियोगितामा काठमाण्डौ, भक्तपुर, ललितपुर लगायतका जिल्लामा संचालित १६ विद्यालयका टोलीको सहभागिता रहेको थियो । दुई बर्ष अघि २४ औ फादर मो¥यान कप फुटबल प्रतियोगिताको बिजेता माया युनिर्भस एकेडेमी फाइनलमा प्रवेश गरेसंगै यो वर्ष पनि उपाधी आफ्नो पोल्टोमा ल्यान सफल हुने माया युनिर्भसका फुटबल प्रशिक्षक जोरिस भ्यान डोर्पले दाबी गरे । माया युनिर्भस एकेडेमी, व्यास–११ मा स्वंयसेवी अध्यापक डोर्प बेल्जियमका नागरिक हुन। गत वर्ष कोभिड १९ का कारण प्रतियोगिता संचालन भएको थिएन । विद्यालयले प्रतियोगिता संगै विद्यार्थीलाई काठमाण्डौ आसपासका चिडियाघर, सिनेमा हल, वाटर पार्क, संग्राहालय लगायतका स्थलको भ्रमण समेत गराईएको माया युनिर्भसका संस्थापक एवं प्रिन्सिपल मन्जिल रानाले जानकारी गराए । प्रतियोगिता र भ्रमणमा १६ विद्यार्थी सहभागी रहेका छन् ।