व्यास नगरपालिका–१ भादगाउँ स्थित दोभान युवा क्लबद्वारा आयोजित दोस्रो दोभान तथा प्रथम राजेन्द्र स्मृति कपको उपाधि गन्या एपसी पोखरा प्रथम पुरस्कार चुम्न सफल भएको छ । ३९ जिटिसीलाई ०–१ गोल गर्दै गन्या एपसीले प्रथम पुरस्कार चुम्न सफल भएको हो । ३९ जिटिसीले दोस्रो स्थान हासिल गरेको छ । प्रथम पुरस्कार चुम्न सफल खेलाडीलाई गण्डकी प्रदेशका खेलकूद मन्त्री राजीब गुरुङ्गले नगद पुरस्कार रु दुई लाख पाँच हजार पाँच सय पचपन्न,टफी,प्रमाणपत्र,मेडल र कप प्रदान गरेका थिए ।दोस्रो पुरस्कार रु एक लाख पन्ध्र हजार पाँच सय पचपन्न प्रमाणपत्र,मेडल र कप मन्त्री गुरुङ्गले प्रदान गरेका थिए । सो अवसरमा अत्याधिक गोल गर्ने दोभान युवा क्लबका समिन थापा,उत्कृष्ट गोल रक्षक बिटेस सिंह,वेष्ट डिफेन्डर अर्जुन गिरी,उत्कृष्ट खेलाडी टुर्नामेन्टमा सन्दिप राना लगायतकालाई नगद तथा प्रमाणपत्रले सम्मान गरिएको क्लबका सचिव सुमन बस्नेतले जानकारी दिएका छन् ।