तनहुँको बन्दीपुर गाउँपालिकामा तेस्रो अध्यक्ष कप भलिबल प्रतियोगिता २०८१ हुने भएको छ ।अगामी फागुन ९ र १० बन्दीपुर गाउँपालिकामा तेस्रो अध्यक्ष कप भलिबल प्रतियोगिता २०८१ हुने लागेको हो । स्थानीय खेलाडीहरूको प्रतिभा उजागर गर्दै भलिबल खेलको विकासमा योगदान पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरेको गाँउपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले जनाकारी दिनुभयो । प्रतियोगितामा प्रथम पुरस्कार रु ३०,००० नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र ,द्धितिया पुरस्कार रु २०,००० नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै गरि बेस्ट स्पाइकर, बेस्ट बल्कर, बेस्ट लिब्रो, र बेस्ट लिफ्टरलाई नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिने शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख भीमप्रसाद लामिछानेले जानकारी दिनुभयो।

प्रतियोगिताका लागि टिम दर्ता फागुन ५ गतेसम्म खुला गरिएको छ । इच्छुक टिमहरूले शिक्षा, युवा तथा खेलकुद शाखामा आफ्नो दर्ता गराउनु पर्ने गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ। गाउँपालिकाका प्रत्येक वडाबाट दुईवटा टिम सहभागी गराउन सकिने व्यवस्था मिलाइएको छ। खेलाडीहरू बन्दीपुर गाउँपालिकाभित्रकै हुनुपर्ने अनिवार्य नियम लागू गरिएको छ। प्रतियोगिता नकआउट प्रणालीमा खेलाइनेछ, जसमा सेमिफाइनलसम्मका खेल तीन सेटमा र फाइनल खेल पाँच सेटको हुने आयोजकले जनाएको छ।