“म्याग्देको पर्यटन विकासका लागि खेलकुद” भन्ने मुल नाराका साथ दोस्रो म्याग्दे गाँउपालिका अध्यक्ष कप २०८१ हुने भएको छ । सोमबार गाँउपालिकाले पत्रकार सम्मेलन गर्दै दोस्रो म्याग्दे गाँउपालिका अध्यक्ष कप २०८१ अन्तरगत गण्डकी प्रदेश पालिका स्तरीय इलाभेन ए साईड नकआउट पुरुष फुटवल प्रतियोगिता गर्न लागेको हो । त्यसैगरि जिल्ला स्तरीय सी लेभल व्याटमिन्टन प्रतियोगिता र म्याग्दे गाँउपालिका वडा स्तरीय पुरुष तथा महिला भलिवल प्रतियोगिता हुने जनाकारी गराईएको थियो ।
आगामी फागुन १३ गते देखि २२ गते सम्म गण्डकी प्रदेश पालिका स्तरीय इलाभेन ए साईड नकआउट पुरुष फुटवल प्रतियोगिता हुनेछ । फुटवल प्रतियोगिताको प्रथम पुरस्कार रु तीन लाख रुपयाँ ट्रफी,मेडल,प्रमाण पत्र ,द्धितीय पुरस्कार रु एक लाख पचास हजार रुपयाँ ट्रफी ,मेडल,प्रमाण पत्र रहने गाँउपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जनाकारी दिनुभयो । त्यस्तै उत्कृष्ट खेलाडीलाई नगद रु दश हजार, विधागत तर्फ सर्वधिक गोलकर्ता,उत्कृष्ट मिडफिल्डर,उत्कृष्ट डिफेन्डर,उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही रु पाँच हजार नगद पुरस्कार प्रदान गरिने श्रेष्ठले बताउनुभयो ।

त्यस्तै जिल्लास्तरीय सी लेभन व्याटमिन्टन प्रतियोगिता अगामी फागुन १६ र १७ गते हुनेछ । व्याटमिन्टन प्रतियोगिता प्रथम पुरस्कार रु पचास हजार रुपयाँ ट्रफी ,मेडल र प्रमाण पत्र , द्धितीय पुरस्कार रु तीस हजार रुपयाँ ट्रफी,मेडल, प्रमाण पत्र रहने गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले जनाकारी दिनुभयो । प्रतियोगिताको सेमिफाइनलमा पुग्ने दुई टोलीलाई रु दश हजार रुपयाँ ट्रफी, मेडल ,पमाण पत्र प्रदान गरिने अधिकारीले बताउनुभयो ।

त्यस्तैगरि गाँउपालिका वडा स्तरीय पुरुष तथा महिला भलिवल प्रतियोगिता अगामी फागुन ८ गते देखि १० गते सम्म संञ्चालन हुने भएको छ । गाँउपालिका अन्तरगत ७ वडाका पुरुष तथा महिला भलिवल प्रतियोगिता गर्ने लगिएको हो । सो प्रतियोगिताको प्रथम पुरस्कार रु असी हजार रुपयाँ ट्रफी ,मेडल,प्रमाणपत्र ,द्धितीय पुरस्कार रु पचास हजार रुपयाँ ट्रफी ,मेडल,प्रमाणपत्र रहने छ । प्रतियोगितामा पुरुष तथा महिला भलिवलमा उत्कृष्ट खेलाडी,उत्कृष्ट स्पाइकर,उत्कृष्ट सर्भर,उत्कृष्ट सेटर,उत्कृष्ट व्लकर,उत्कृष्ट लिवरो र उत्कृष्ट प्रशिक्षकलाई पालिकाको लोगोे अंकित खेलकुद पोसाक प्रदान गरिने गाँउपालिकाले जनाएको छ ।
प्रतियोगिताका लागि म्याग्दे ५स्थित जनकल्यण युवा क्लव,म्याग्दे २ न्यु भिजन युवा क्लव ,म्याग्दे ४ थर्पु व्याटमिन्टन क्लव र म्याग्दे ४ आदर्श नमुना क्लवले सहयोग गर्ने छ भने सो प्रतियोगिता म्याग्दे ५ छाङ्ग पाटनमा हुने छ ।
