प्रजातन्त्र सेनानी नगेन्द्र थापा स्मृती प्रथम गजौडे कप खुल्ला सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधी संगम युवा क्लवले हात पारेको छ । व्यास ९ गजौडे स्थित संगम युवा क्लवको आयोजनामा खुल्ला सेभेन ए साईड फुटबल प्रतियोगिता संञ्चालन भएको थियो ।माघ १५ गते देखि २० गते सम्म संञ्चालन भएको सो प्रतियोगिताको उपाधी आयोजक टिमको हातमा परेको क्लवका अध्यक्ष नर बहादुर गरुङले जनाकारी दिनुभयो । प्रतियोगितामा प्रथम स्थान हासिल गरेको संगम युवा क्लवले रु ५५ हजार ५ सय ५५ रुपयाँ ट्रफी,मेडल र प्रमाण पत्र प्राप्त गरेको गुरूङले बताउनुभयाे । त्यस्तै द्वितीय शेराफाट युवा क्लवले रु ३३ हजार ३ सय ३३ रुपयाँ ट्रफी,मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।त्यस्तै सर्वोत्कृष्ठ खेलाडी मिलन थापा ,उत्कृष्ट गोलरक्षक सन्दिप आले मगर, उत्कृष्ट गोलकर्ता साजन विक भएका छन् । साे प्रतियोगितामा क्लवका अध्यक्ष नर बहादुर गुरूङकाे अध्यक्षतामा सम्पन्न भएको थियाे भने प्रमुख अतिथि व्यास नपा का प्रमुख बैकुण्ठ न्याैपाने रहनु भएकाे थियाे ।