व्यास नगरपालिकाद्वारा आयोजित चौथो व्यासनगर खुल्ला महिला हाफ म्याराथनको उपाधी नेपाली सेनामा कार्यरत रोल्पाकी आश्मा बिकले हात परेकी छिन् । २१ किलोमिटर दूरी एक घण्टा ५७ मिनेट ३४ सेकेण्डमा पार गर्दै प्रथम पुरस्कार रु४१ हजार ८१ नगद तथा प्रमाणपत्र हात पारेकी हुन् ।त्यसैगरी ओखलढुंगा जिल्ला नेपाली सेनाकी लक्पा डिङ्मा शेर्पाले दुई घण्टा चार मिनेट ५३ सेकेण्डमा पार गरी द्वितीय बनेकी छिन् ।उनले रु ३१ हजार ७१ नगत तथा प्रमाणपत्र प्राप्त गरेकी छिन् ।त्यस्तै नेपाल प्रहरीमा कार्यरत काठमाण्डौंकी बिमला तामाङले दुई घण्टा बाह्र मिनेट ३८ सेकेण्डमा पार गर्दै तृतीय स्थान हासिल गरी रु २१ हजार ८१ त्था प्रमाणपत्र प्राप्त गरेकी छिन् । म्याराथनमा सान्तवना हुने नम्रता गुरुङ,सन्ध्या अधिकारी,अस्मिता थापा,संगीता रानाभाट र मुना मजकोटी पाँच जनालाई जनही रु ११ हजार ८१ का दरले नगद तथा प्रमाणपत्र प्रदान गरिएको छ । शहिद दिवसको अवसरमा व्यास–३ व्यासगुफा देखि व्यास–११ तनहुँसूर सम्मको २१ किलोमिटर खुल्ला महिला हाफ म्याराथन प्रतियोगिता गरिएको थियो ।उक्त प्रतियोगितामा ३३ जना धावकहरुको सहभागीता रहेको थियो ।