तनहुँको आँबुखैरेनी गाउँपालिका स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । बिहिबार रामशाह माविको प्राङ्गणमा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।प्रतियोगिता आँबुखैरेनी गाउँपालिका उपाध्यक्ष दुर्गा अर्यालको अध्यक्षतामा भएको थियो । प्रतियोगिताको संविधान सभा सदस्य एवं पूर्व महिला बालबालिका तथा समाज कल्याण मन्त्री माननीय आशा कोईरालाले गर्नुभएको थियो । ।सो प्रतियोगितामा लङ जम्प, ट्रिपल जम्प, ३००० मि रेस, २०० मि रेस,शटपुट, र भलिबल छात्र क्वाटर खेलहरु रहेका थिए । उक्त प्रतियोगितामा वडाध्यक्षहरु, गाउँ शिक्षा समितिका सदस्यहरु , प्रधानाध्यापक, शिक्षक, र विद्यार्थीहरु उपस्थिती रहेको थियो ।प्रतियोगिताले विद्यालय र गाउँका युवाहरुलाई खेलकुदको क्षेत्रमा उत्साहित गर्दै उनीहरूको शारीरिक क्षमता र मानसिक दृढता पनि विकास गर्न मद्दत पुर्याएको छ।
प्रतियोगिताले खेलकुदमा युवाहरूको सहभागिता बढाउने मात्र नभई सामाजिक एकता र समन्वयको भावनालाई पनि प्रबल बनाएको छ।सो अवसरमा गाउँपालिकाका प्रमुख र अन्य गण्यमान्य व्यक्तिहरूसँग मिलेर आयोजकहरूले प्रतिस्पर्धात्मक र उत्साहजनक वातावरण सिर्जना गरेका थिए। प्रतियोगिताले भविष्यमा थप खेलकुद गतिविधिहरूको आयोजना गर्न प्रेरणा दिने अपेक्षा गरिएको छ।