प्रजातन्त्र सेनानी नगेन्द्र थापा स्मृती प्रथम गजौडे कप खुल्ला सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ । व्यास ९ गजौडे स्थित संगम युवा क्लवको आयोजनामा खुल्ला सेभेन ए साईड फुटबल प्रतियोगिता हुन लागेको हो । अगामी माघ १५ गते देखि २० गते सम्म प्रतियोगिता संञ्चालन हुने क्लवका अध्यक्ष नर बहादुर गरुङले जनाकारी दिनुभयो । प्रतियोगिताको प्रथम पुरस्कार ५५ हजार ५ सय ५५ रुपयाँ ट्रफी,मेडल र प्रमाण पत्र, द्धितिय पुरस्कार ३३ हजार ३ सय ३३ रुपयाँ ट्रफी,मेडल र प्रमाण पत्र र सर्वोत्कृष्ठ खेलाडी,उत्कृष्ट गोलरक्षक , उत्कृष्ट गोलकर्तालाई उपहारको व्यवस्था रहेको अध्यक्ष गरुङले बताउनुभयो । उहाँका अनुसार टिम दर्ता शुल्क ४५ सय र १ सय लाग्ने छ भने माघ १४ गते सम्म टिम दर्ता गर्न सकिन्छ ।