व्यास नगरपालिकाले खुला महिला हाफ म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ ।मंगलबार पत्रकार सम्मेलन गर्दै शहीद दिवसको अवसर पारेर माघ १६ गते प्रतियोगिता गर्ने जनाकारी दिएको हो । खेलको माध्यमबाट पर्यटकीय स्थलको प्रवर्द्धन गर्न उदेश्यले हाफ म्याराथन आयोजना गरिएको व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेले जनाकारी दिनुभयो ।उहाँका अनुसार प्रतियोगिताको प्रथम पुरस्कार रु४१ हजार ८१ रुपयाँ,द्धितिय पुरस्कार रु ३१ हजार ८१ रुपयाँ,तृतीय पुरस्कार रु २१ हजार ८१ रुपयाँ र सान्तवना पुरस्कार ५ जनालाई जनही रु ११ हजार ८१ रुपयाँ रहने छ ।
सो प्रतियोगिताका लागि ९ लाख खर्च हुने अनुमान गरिएको उपप्रमुख इन्दिरा दरैले जनाकारी दिनुभयो । उहाँका अनुसार व्यास गुफाबाट व्यास ११ तनहुँसुर दरबार सम्मको खुला महिला हाफ म्याराथन प्रतियोगिता सञ्चालन गरिएको छ । हाफ म्याराथन प्रतियोगिता दूरी २१ किमीको रहने छ।
हाफ म्याराथन व्यास गुफा देखि अनसनचौतारी,जिल्ला प्रहरी कार्यलय पछाडीबाट न्युरोड भेटघाटचोक हुदै,गणेशमानचोक,सत्यवती मावि ,मालपोत लाईन, सफा सडक हुदै पृथ्वी राजमार्गको तालघरे,रानीगाँउ,दरै पधँरा,पराजुलीचोक,बेलटारी,खड्गकाली मार्गको चिसापानी,अर्चल चौर,धरमपानी,पत्यारथोक,गङगलथोक,चण्डीथान हटिया–धान गोदाम हुँदै व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुर दरबारमा पुगेर टुङ्गिने नगरपालिकाले जनाएको छ ।हाफ म्याराथनमा करिब ६०र ७० जनाभन्दा बढी धावक सहभागी हुनसक्ने अनुमान गरिएको छ ।
