खाल्टे माघे संक्रन्ति मेला संगीतिक धमाका २०८१ हुने भएको छ । “सभ्य भाषा सभ्य संस्कार जगेर्ना गरौ आफ्नो गाँउ आफै बनाउ” भन्ने मुल नाराका साथ माघे संक्रन्ति मेला एंव संगीतिक कार्यक्रम भोलिबाट हुने भएको हो । श्री न्यु प्रगतीशिल युवा क्लव देवघाटको आयोजनामा यही माघ १ गते दखि ५ गते सम्म बिभिध खेलको साथमा संगितिक धमका हुने कार्यक्रम संयोजक राम बंशी ठकुरीले जानकारी दिनुभयो ।
कार्यक्रममा चर्चित गायक बिक्रम परियार ,मोडल राम राना, चर्चित गायिका सरिता गुरुङ, गायक विष्णु मल्ल , गायक सनम मल्ल ठकुरी लगाएतको बेजोड प्रस्तुती रहने मोडल एबं कलाकार संयोजक राम रानाले जानकारी दिनुभयो ।
सो कार्यक्रममा भलिबल प्रतियोगिता समेत हुनेछ ।भलिबल प्रतियोगितामा प्रथम पुरस्कार रु ३५ हजार ,द्धितिय पुरस्कार रु २० बिस हजार ,तृतिय पुरस्कार रु १० हजार मेडल र प्रमाण पत्र रहने खेल व्यवस्थापक देबिभक्त चन्दले जनाकारी दिनुभयो। सो प्रतियोगिता देवघाट २ खाल्टे तनहुँ क्लव भवनमा हुने आयोजकले जनाएको छ ।