व्यास नगरपालिका अन्तर माध्यामिक विद्यालय स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ। व्यास नगरपालिका खेलकुद समितिका अध्यक्ष जीवन गुरुङको अध्यक्षतामा सञ्चालन भएको हो। सो प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य अशोक कुमार श्रेष्ठले गरेका थिए ।सो कार्यक्रममा बोल्दै श्रेष्ठले विद्यार्थीका लागि यस्ता क्रियाकलाप आवश्यकता रहेको बताए। व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेले नगरपालिकाले यस्ता प्रतियोगिताका लागि सधै साथ रहने बताए । उक्त प्रतियोगिता व्यास नगरपालिकाको आयोजनामा र निर्मल माध्यमिक विद्यालयको व्यवस्थापनमा भएको हो । सो कार्यक्रमा जिल्ला समन्वय समितिका प्रमुख शन्तिरमण वाग्ले, उप प्रमुख इन्दिरा दरै, व्यास २का वडा अध्यक्ष काशीराम वाग्ले लगाएतका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो । सो प्रतियोगिता पौष २८ गतेसम्म चल्नेछ।