व्यास ३ देउरालीनगर स्थित श्री शिव पाञ्चायन मा.विमा खेलकुद महोत्सव आजबाट सुरु भएको छ । सो महोत्सव अगामी पौष १९ गते सम्म संञ्चालन हुनेछ । बिधालय व्यावस्स्थापन समितिका अध्यक्ष तिल कुमार थापाको अध्यक्षतामा शुभारम्ब भएको उक्त कार्यक्रमको प्रमुख अतिथि व्यास ३ का वडा अध्यक्ष अनुप राना रहनुभएको थियो । रानाले कार्यक्रमको उद्वघाटन गर्नुभएको थियो । सो अवसरमा बोल्दै उहाँले विद्यार्थीका लागि यस्ता प्रतियोगिता महत्पुर्ण रहेको बताउनुभयो । साथै वडा अध्यक्ष रानाले वडा कार्यलयबाट शैक्षिक सामाग्री खरिदको लागि रु पच्चीस हजार सहयोग गर्ने प्रतिद्धता व्याक्त गर्नुभएको थियो ।
कार्यक्रममा समुदायिक विद्यालय व्यवस्थापन महासंघ तनहुँ जिल्ला अध्यक्ष बिष्णुभक्त न्यौपाने ,शिव पाञ्चायन मा वि का पुर्व वि व्या स अध्यक्ष नेत्र बहादुर रानाभाट,विद्यालय व्यवस्थापन समिति अध्यक्ष तिल कुमार थापा, व्यास ३ वडा सदस्य दधिराज घिमिरे लगाएतले विद्यार्थीका क्षमता बृद्धि विकाशको लागि खेलकुद आवश्यक रहेकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने जोड दिनुभएको थियो ।
कार्यक्रममा स्वगात मन्तव्य विद्यालयका प्रअ बलराम वाग्लेले गर्नुभएको थियो भने कार्यक्रम संञ्चालन विद्यालयका सुचना अधिकारी हेमलाल घिमिरेले गर्नुभएको थियो । उक्त प्रतियोगितामा भलिबल,डोरी तानि ,रिले,स्पिन्ट लगाएतका विभिन्न खेलहरु हुने विद्यालयका सुचना अधिकारी हेमलाल घिमिरेले जनाकारी दिनुभयो ।