दमौलीमा पौष १९ र २० गते दुई दिन नगरस्तरीय भलिवल प्रतियोगिता हुने भएको छ । व्यास नगरपालिका खेलकूद विकास समितिको आयोजनामा दुई दिन नगरस्तरीय भलिवल प्रतियोगिता हुने भएको हो । व्यास नगर खेलकूद विकास समितिले आइतबार पत्रकार सम्मेलन गरी उक्त प्रतियोगितामा व्यास नगरपालिकाका चौध वटा वडाबाट चौध टीम सहभागि हुने जनाकारी गराएको छ। खेल अनसन चौतारीको खुलाचौरमा हुने समितिका अध्यक्ष जीवन गुरुङले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुने समुहले ५० हजार,द्वितीय पुरस्कार रु ३० हजार र सान्तवना पुरस्कार रु १० १० हजार पुरस्कार तथा प्रमाण रहेको समितिका सदस्य सचिव केदार आचार्यले जानकारी दिनुभयो ।