तनहुँ जिल्लाको सर्बाधिक पुरस्कार राशीको १७ औं भानु कप फूटबल प्रतियोगिताकोे उपाधि च्याङ्ली स्पोर्ट क्लब गोर्खाले हात पारेको छ । आईतबार भएको फाइनल खेलमा लिभिक कन्ट्रक्सन शुक्लालाई १ – ० गोल अन्तरले हराउँदै च्याङ्ली स्पोर्ट क्लब गोर्खा हात पारेको हो । विजेता टिमले २ लाख ५० हजार २११ रुपैयाँ नगद सहित शिल्ड, मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गरेको प्रचार प्रशार समितिका संयोजक सुभाष सापकोटाले बताउनु भयो । उप विजेता शुक्लाले एक लाख २५ हजर २११ रुपैयाँ सहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको सापकोटाले जनाकारी दिनुभयो । उत्कृष्ट खेलाडी लिभिक कन्ट्रक्सन शुक्लाका जर्सी नं ४ का सङ्गम ठकुरी घोषित भए, उनले नगद रु ५ हजार २११ ट्रफी,मेडल, प्रमाणपत्र प्राप्त गरे, उत्कृष्ट गोल रक्षक च्याङ्लीका जर्सी न १ का गोल रक्षक केशर कोइराला घोषित भएका मुल समारोह समितिका संयोजक बिष्णुु अधिकारीले जानकारी दिनुभयो । सर्वाधिक फ्रेण्डसिपका विदेशी खेलाडि रिर्चाज वीसनले नगद रु ५ हजार २ सय ११ ट्रफी,मेडल,प्रमाणपत्र प्राप्त गरे उनले खेल अवधिभर ४ गोल गरेका थिए ।अनुशासित टिम सुर्यपुर एफसी चितवन घोषणा गरिएको छ । छेलो प्रतियोगिता तर्फ शंतोष कँडेलले प्रथम पुरस्कार ६ हजार २ सय ११ र प्रमाणपत्र र बाघचाल तर्फ शंकर न्यौपानेले प्रथम पुरस्कार ६ हजार २ सय ११ , प्रमाणपत्र प्राप्त गर्नु भएको आयोजकले जनाएको छ ।