तनहुँ जिल्लाको सर्बाधिक पुरस्कार राशीको १७ औं भानु कप फूटबल प्रतियोगिताको फाइनलमा लिभिक कन्ट्रक्सन शुक्लागण्डकी र च्याङ्ली स्पोर्ट क्लब गोर्खा भिड्ने भएका छन् । भन्सार खेल मैदानमा हुने फाइनलमा लिभिक कन्ट्रक्सन शुक्ला र च्याङ्ली स्पोर्ट क्लब गोर्खा भिड्ने भएका हुन् । फाइनल खेल आज दुई बजे सुरु हुन प्रतियोगिताका मुल संयोजक विष्णु अधिकारीले बताउनुभयो । सो प्रतियागिताकोे समापन नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं संघीय साँसद शंकर भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने प्रचार प्रसार समितिका संयोजक सुभाष सापकोटाले जनाकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुने टिमले २ लाख ५० हजार २११ रुपैयाँ नगद सहित मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै द्धितिय हुनेले एक लाख २५ हजर २११ रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । सेमीफाईनलमा पुग्ने २ टिमलाइ २५ हजार २ सय ११ र प्रमाणपत्र , उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार २११ ट्रफी,मेडल, प्रमाणपत्र , उत्कृष्ट गोल रक्षकलाई नगद रु ५ हजार २ सय ११ ट्रफी,मेडल,प्रमाणपत्र , सर्बाधिक गोलकर्तालाई नगद ५ हजार २ सय ११ र ट्रफी,मेडल,प्रमाणपत्र प्रदान गरिने प्रचार प्रसार समितिका राजेश कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार अनुशासित टिमलाई उचित पुरस्कार साथै प्रत्येक खेलमा म्यान अफ दि म्याचको घोषणा गरिएको छ । प्रतियोगितामा २४ टिमको सहभागिता रहेको थियो । त्यसैगरी आईतबार हुने छेलो तर्फ प्रथम पुरस्कार ६ हजार २ सय ११ र प्रमाणपत्र र बाघचाल तर्फ प्रथम पुरस्कार ६ हजार २ सय ११ , प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।