तनहुँमा पहिलो पटक राधेश्याम मकाजुले स्वर्ण पदक ल्याउन सफल हुनुभएको छ । कास्की स्ट्रेन्ज लिफ्टिङ्ग यसोसियसन एण्ड नेपाल स्ट्रेन्ज लिफ्टिङ्ग फेडेरेसनले पोखराको रंगशालामा सञ्चालन गरेको पहिलो गण्डकी राष्ट्रिय च्याम्पियनसिपमा उहाँले स्वर्ण पदक ल्याउन सफल हुनुभएको हो ।
![](https://tanahuntaranganews.com/wp-content/uploads/2022/10/111-600x400.jpg)
यहि कार्तिक ४ र ५ गते सम्पन्न भएको उक्त च्याम्पियनसिपमा तनहुँबाट प्रतिनिधि गर्दै कास्कीमा सहभागी हुनुभएको मकाजु ८५ के.जि तौल समुहमा सहभागी हुनुभएको थियो । उहाँले स्ट्रिङ लिफ्टिङमा स्वर्ण पदक र इन्क्लिन बेन्च प्रेस मा रजत पदक ल्याउन सफल हुनुभएको थियो । राधेश्याम मकाजु बिगत ३ बर्ष देखि दमौलीमा पावर जिम संचालन गर्दै आउनुभएको छ । उहाँ पावर जिमको प्रशिक्षक हुनुहुन्छ ।
।