एकादशीको अवसर पारेर यहि कात्तिक १८ गते भलिबल खेल आयोजना हुने भएको छ। देवघाट गाउँपालिका वडा नं ३ छिपछिपे टोल स्थित श्री लालीगुराँस युवा क्लबको आयोजनामा भलिबल खेल हुन लागेको हो । उक्त खेलमा प्रथम हुने विजेतालाई रु ३५ हजार , मेडल र प्रमाणपत्र, दितिय हुने विजेतालाई रू २५ हजार मेडल र प्रमाणपत्र, तृतिय हुने बिजेतालाई नगद रु १५ हजार , मेडल र प्रमाण्नपत्र पुरस्कार रहेको श्री लालीगुराँस युवा क्लबका अध्यक्ष धन कुमार गुरुङ्गले जानकारी दिनुभयो ।खेल यहि कार्तिक १८ गते दिउसो १ बजे देखि सुरुहुने गुरुङ्गले बताउनुभयो ।

tanahun taranga news


त्यस्तै टिम दर्ता शुल्क रू ३ हजार ५ सय लाग्ने क्लवाक सचिब चिज कुमार गुरुङ्गले जानकारी दिनुभयो। उहाँले खेलाडीहरूलाई बेलुकाको खानाको सुविधा समेत रहेको बताउनुभयो । खेलाडीहरूले ९८६७८७६१६४,९८४५६२६१४५ र ९८४३१७२६५ नं बाट पनि टिम दर्ता गर्न सक्ने क्लवले जनाएको छ ।