असोज २८
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत राष्ट्रिय महिला भलिभल प्रतियोगिता तनहुँको निर्मल मा वि मा शुक्रबारबाट शुरु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एबं जिल्ला समन्य समितिका प्रमुख शन्तिरमण वाग्लेले कार्यक्रमको उदघाटन गर्दै राष्ट्रिय खेलकुद जस्तो प्रतियोगिता तनहुँ जिल्लामा भएकोमा खुसी व्यक्त गर्नुभएको थियो ।
उहाँले खेलका पूर्वधार बनाउनेतर्फ स्थानीय सरकारको ध्यानाकर्षण गर्नुभएको थियो ।
जिल्ला खेलकुद विकास समितिका अध्याक्ष अनिल पाण्डेको अध्यक्षतामा सुभारम्भ उक्त कार्यममा व्यास नगर पालिकाका प्रमुख बैकुण्ड न्यौपानेले पुर्णधार विकास राम्रोसँग गर्न नसकेको र आगामी दिनहरुमा सबै पालिकाको जनप्रतिनिधिहरुले दिर्गदृष्टि भिजन राखि काम गर्नुपर्ने भएको बताउनुभएको थियो।
निर्मल मा वि का प्रधानध्याक गणेशचन्द« बस्नेतले स्वागत मन्तव्य राख्दै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन गर्न विधालयबाट सहयोग गर्ने बताउनुभएको थियो।
उक्त कार्यक्रममा शुकलागण्डकी नगरपालिकाक प्रमुख कृष्णराज पण्डित , राष्ट्रिय बसकेटबल कप्तान सलिना श्रेष्ठ लगाएत अन्य व्यातिmहस्को उपस्थित रहेको थियो ।