असोज २ तनहुँ
यही असोज ३ देखि १० गतेसम्म तेश्रो व्यास युवा कप शुरु हुने भएको छ । शनिबार क्लबले पत्रकार सम्मेलन गरी दमौलीको विपि वन बाटिकामा हुने ९‘ए’ साइड नक आउट खुल्ला पुरुष फुटबल प्रतियोगिताको हुने बताएको हो । हिन्दुहरुको महान् चार्ड बडा दशैं,दीपावली,छठको अवसरमा क्लबले फुटबल प्रतियोगिताको आयोजना गरेको हो । तनहुँ , लमजुङ, कास्की गरी पैतिस टीम दर्ता भैसकेको क्लबका अध्यक्ष मिन बहादुर गुरुङ्गले जानकारी दिएका छन् । प्रथम पुरस्कार रु एक लाख एघार हजार एक सय एघार र द्वितीय पुरस्कार रु पचपन्न हजार पाँच सय पचपन्न पुरस्कार राशीको पुरस्काका साथै मेडल ट्रफी र प्रमाणपत्र रहेको उनले बताएका छन् ।
प्रतियोगिता सम्पन्न पश्चात बचेको रकम सडक बालबालिका र अनाथ आश्रममा सहयोग गर्ने लक्ष्य रहेको सो क्लबले जनाएको छ । व्यास नगरपालिका कार्यालय र विभिन्न संघसंस्थाको आर्थिक सहयोग रहेको छ क्लबले जनाएको छ । खेल सम्पन्न गर्न करिब तेह्र लाख खर्च हुने अनुमान क्लबले गरेको छ । खेलाडीहरुलाई खेल अनुशासन र मर्यादित भएर खेल्नको लागि संम्पूर्ण तयारी गरिएको खेल संयोजक केशब रानाले जानकारी दिएका छन् । कार्यक्रममा व्यास ६ का वडाध्यक्ष जीवन गुरुङ्ग,नेपाल पत्रकार महासंघ तनहुँ शाखाका उज्वल पौडेल,रिर्पोर्टस क्लब गण्डकी प्रदेशका अध्यक्ष मदन वाग्ले क्लबका सचिव मनोज राउत लगायतका वक्ताहरुले फुटबल प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्न सबैले आ आफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिएका थिएका थिए । उक्त कार्यक्रमको उद्घाटन व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने र समापन नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले गर्ने कार्यक्रम रहेको बताइएको छ ।