तनहुँकाे ऋषिङ गाउँपालिकाद्वारा आयोजित तेस्रो ऋषिङ खुल्ला अल्ट्रा म्याराथन उपाधी त्रिभुवन आर्मी क्लबका गोबिन्द कार्कीले प्रप्त गरेका छन् । कार्कीले ३ घण्टा ७ मिनेट ३३ सेकेण्डमा दुरी पार गरेका थिए ।द्वितीय गोपाल तामाङ्ग ,तृतीय तिलक सुनुवार भएका छन् । तिनै जना धवाकहरू त्रिभुवन आर्मी क्लबका रहेका छन् ।त्यस्तै सान्तवन करम रावल,महोहनदेव जोशी,जुनेस खड्का,निरोज भट्ट भएका छन् । उक्त खुल्ला म्याराथनमा प्रथम लाई रू ६५ हजार मेडल, ट्रफी र प्रमाणपत्र ,द्वितीयलाई रु ४० हजार मेडल, ट्रफी र प्रमाणपत्र, तृतीयलाई २५ हजार मेडल, ट्रफी र प्रमाणपत्र र सान्त्वनालाई१० हजारका साथै मेडल, ट्रफी र प्रमाणपत्र अथिर्क ममिला मन्त्री जित प्रकाश आले प्रदान गर्नुभएकाे थियाे ।म्याराथनकाे दूरी ४२ किलोमीटर रहेको छ । साे म्याराथनमा ३२जना धावकहरूकाे सहभागीता रहेकाे थियाे ।