व्यास १ स्थित निर्मल मा. वि. दमौलीको विद्यार्थी खेलकुद समितिको आयोजनामा वार्षिक रूपमा हुने निर्मल स्मृति कपको चौंथो संस्करण आजबाट सुरू भएको छ। कार्यक्रमकाे व्यास नगरपालिकाका प्रमुख बैकुण्ठनाथ न्यौपानेले उद्घाटन गर्नु भएको थियाे । साे कार्यक्रममा बाेल्दै न्यौपानेले यस्ता प्रतियाेगिताेले खेलाडीकाे थप हाैसाल बढ्ने भएकाले यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयाे ।

कार्यक्रम विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले स्वागत मन्तव्य राख्नुभएको थियाे भने विद्यालयका शिक्षक लोकराज सेढाईंले कार्यक्रम सञ्चालन गर्नु भएको थियो। आजै देखि सुरूभएकाे खेलमा निर्मल मावि(सेतो)ले शिव पञ्चायन मावि लाई ६-० र दोस्रो खेलमा दमौली माविले रामज्योति माविलाई ३-० गोल अन्तरले पराजीत गरेको छ। बाँकी खेलहरू भोली निरन्तर हुनेछ। प्रतियोगितामा १४ विद्यालयका जम्मा १५ टोली प्रतिस्पर्धा रहने छ ।