तनहुँकाे ऋषिङ गाउँपालिकाद्वारा आयोजित तेस्रो ऋषिङ खुल्ला अल्ट्रा म्याराथन हुने भएकाे छ ।‘ऋषिङ समृद्धिको आधार कृषि संस्कृति, पर्यटन र पूर्वाधार’ भन्ने मूल नाराका साथ यही पुस २७ गते म्याराथन हुने भएको हाे । उक्त खुल्ला म्याराथनमा प्रथम पुरस्कार रू ६५ हजार मेडल, ट्रफी र प्रमाणपत्र ,द्वितीय पुरस्कार रु ४० हजार मेडल, ट्रफी र प्रमाणपत्र, तृतीय पुरस्कार २५ हजार मेडल, ट्रफी र प्रमाणपत्र र सान्त्वना पुरस्कार १० हजारका साथै मेडल, ट्रफी र प्रमाणपत्र उपलब्ध गराइने गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले जानकारी दिनुभयाे ।म्याराथनकाे दूरी ४३ किलोमीटर रहेको छ ।
