तनहुँ ७ असार
तनहुँमा बिविध कार्यक्रम गरी अन्तराष्ट्रिय ओलम्पिक दिवसमनाइने भएको छ । आधुनिक ओलम्पिक स्थानमा भएको दिनको अवसर पारेर मनाउन थालिएको ओलम्पिक डे जुन २३ मा विश्वभर मनाउने गरिन्छ । सोमबार तनहुँका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले विविध कार्यक्रमको आयोजना गरेर दिवस मनाउने निर्णय गरेको छ । दिवसको अवसरमा विद्यालय स्तरीय निवन्धन प्रतियोगिता ,मन्टेश्वरी विद्यालयमा खेलकुद कार्यक्रम गर्ने , दमौली कर्वडहलमा कराते प्रतियोगितामा गर्ने,बास्केटल प्रतियोगिता र टेबल टेनिस प्रतियोगिता कार्यक्रम आयोजना गरिने निर्णय भएको छ। बैठकले असार ९ गते दमौली सन्टे«ल पार्कमा मैत्री पुर्ण भलिवल खेल आयोजना गर्ने निर्णय भएको नेपाल ओलम्कि कमिटि गण्डकी प्रदेश कोषाध्यक्ष ऋषिराम भुषालले बताएका छन् । खेलमा ४ टिमको सहभागिता रहने बताएको छ । उतm बैठकमा कालिभञ्जन गणका गणपति रामज्योती बोहोरा ,प्रहरी उपरीक्षक राजेन्द्रबावु रेग्मी,नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष् उज्वल पौडेल, मणिराज थापा, शसस्त्र प्रहरीका विष्णुहरी थापा लगायतको सहभागिता रहेको थियो ।