राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्तीको अवसरमा भन्सार युवा परिवार, सालबिस्ने युवा क्लव र भिमसेन युवा क्लबद्वारा आयोजित १६औं राष्ट्रिय खुल्ला भानुकप फुटबल प्रतियोगिताको उपाधि सेभेन स्टार युवा क्लब साजबोटेले जितेको छ । आइतबारको फाइनलमा सेभेन स्टार युवा क्लव भानु १ साजबोटेले फ्रेण्डसिप युवा क्लब भानु ३ खहरेलाई ट्राइब्रेकरमा ४–३ गोलले पराजित गर्दै उपाधि उचालेको हो । २ जना विदेशी खेलाडीले प्रहार गरेका बललाई सेभेन स्टारका गोलकिपर रमेश श्रेष्ठले ब्लक गर्न सक्षम भएकाले सेभेनस्टार च्याम्पियन बनेको हो ।
प्रतियोगितामा बिजेता र उपबिजेता टिम सेभेन स्टार र फ्रेण्डसिप युवा क्लबलाई क्रमशः २ लाख २५ हजार २ सय १०, १ लाख १२ हजार २ सय १० नगदका साथै मेडल, ट्रफी र प्रमाणपत्र पूर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य शंकर भण्डारी, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी र उप–प्रमुख उमा गोतामेले संयुक्त रुपमा वितरण गर्नुभएको थियो। सो प्रतियोगितामा फ्रेण्डसिप युवा क्लबका जितेस गुरुङ उत्कृष्ट खेलाडी, सेभेन स्टारका रमेश श्रेष्ठ उत्कृष्ट गोल किप्पर, फ्रेण्डसिप युवा क्लबका विक्की चाम्लिङ राइ ९५ गोल० सर्वाधिक गोलकर्ता र म्याग्दे युवा क्लब अनुशासित टिम घोषित भइ आकर्षक पुरस्कार हात पारेको मुल संयोजक सुरेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । भानुकप फुटबल प्रतियोगितामा देशभरका ३२ वटा टिमको सहभागिता रहेको थियो ।