यहि श्रावण १३ गते शनिबार दमौलीमा बाईक रेश प्रतियोगिता हुने भएको छ । एलायन्स क्लव अफ तनहुँको आयोजनामा सचेतनामूलक स्लो बाईक रेश गरिएको क्लवका अध्यक्ष अजित पन्थले जनाकारी दिनुभयो । उक्त प्रतियोगितामा प्रथम पुस्कार रु ११ हजार ९ सय ९९ द्धितीय पुस्कार रु ५ हजार ९ सय ९९ रहेको पन्थले बताउनुभयो । प्रतियोगिता अन्सन चौतारीमा हुने क्लवले जनाएको छ ।
