शुक्लागण्डकी नगरपालिकाको १३ औ नगर सभा मङ्गलबार सम्पन्न भएको छ ।नगरपालिकाले आर्थिक बर्ष २०८०र०८१ को बार्षिक नीति, बजेट तथा कार्यक्रम र अनुमानित आय व्यय गरी रु १ अर्ब १३ करोड ६४ लाख ७१ हजार २ सय ६७ को बजेट संशोधन सहित पारीत गरेको हो । नगर प्रमुख कृष्णराज पण्डितको अध्यक्षतामा सम्पन्न नगर सभा अन्तर्गत शुक्लागण्डकी नगरपालिकाको आ ब २०८०र८१ को आर्थिक विधयेक, बिनियोजन बिधेयक र बार्षिक बजेट, नीति र कार्यक्रमको सम्बन्धमा नगर सभा सदस्यहरुबाट राय सुझाब लिई आवश्यक संशोधन सहित उक्त प्रस्ताब पारीत गरेको छ ।
