तनहुँको भानु नगरपालिकाले आर्थिक बर्ष २०७९।०८० को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । भानु नगरपालिकको आयोजना तथा ब्रोड ब्रोडकास्टिङ कम्पनीको सहजिकरणमा आदिकवि भानुभक्त आचार्यको जन्मस्थान चुँदी रम्घामा सोमबार कार्यक्रम सम्पन्न भएको हो । नगरपालिकाले सम्पादन गरेका सार्वजनिक सेवाको प्रभावकारिताको सम्बन्धमा नागरिकहरुले आफनो गुनासो, प्रतिक्रिया र सुझावहरु सहित बहस गरेका थिए । कार्यक्रममा नगरप्रमुख आनन्ददराज त्रिपाठीले हिजोको दिनमा भएको कमी कमजोरीलाइ सुधार्दै लैजाने र राम्रो कार्यलाइ निरन्तरता दिइने सवै निकाय संग छलफल गरी निति तथा कार्यक्रमहरु निमार्ण गरिने गौरवको योजनाहरु लागु गर्ने तथा जनतााहरुको सुझाव र सल्लाहलाइ मनन् गरी आगामी ४ बर्ष भित्र आफ्नै प्रशासकीय भवन सहित सुन्दर र समृद्ध भानु नगर निमार्ण गरीने बताउनुभयो। प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले अव सार्वजनिक सुनुवाइ कार्यक्रम पालिकाको बजेट निति तथा कार्यक्रम अगाडी नै गरिने, भुक्तानी दिन ढिला भएको फाइलहरुलाइ कार्यपालिका बैठक बसी भुक्तानी गरिने तथा सेवा प्रवाह गुण्स्तरीयनै भएको र सेवा प्रवाहलाइ अझै प्रभावकारी बनाइ अगाडी बढ्ने प्रतिबद्धता जनाउनुभएको थियो। उक्त कार्यक्रममा स्थानीय सहभागीहरुले बिशेष स्वास्थ्य सेवा सम्बन्धि , नगर अस्पतालमा सेवा नै लिन नपाइएको ,स्वास्थ्यकर्मीको अभावले ज्वरोको आएर असपताल जाँदा औषधि सिटामोल दिने मान्छे पनि नभएको बताउनुभयो । नगरपालिकाले उपभोक्ता समितिमार्फत सञ्चालन गर्ने योजनाका बारेमा उपभोक्ता समितिलाई अभिमुखीकरण गर्ने र आवश्यक कागजात बारे एकैपटक जानकारी दिने कार्यलाई प्रभावकारी बनाउने, नगरपालिकाले प्रदान गर्ने सेवा सुबिधा तथा कार्यक्रम गतिविधिबारे सम्बन्धित सेवाग्राहीसम्म सूचना प्रवाहलाई व्यवस्थित गर्न सुझाव दिएको नगरपालिकाले जनाएको छ ।सार्वजनिक सुनुवाइ कार्यक्रममा उठेका प्रश्न तथा जिज्ञासाको जवाफ सम्बन्धीत शाखाका कर्मचारीहरु प्रमुख प्रशासकिय अधिकृत दिवाकर पौडेल उपमेयर उमा गोतामे र मेयर आनन्दराज त्रिपाठीले दिनुभएको थियो ।