व्यास नगरपालिकाको आर्थिक बर्ष २०८०÷८१ को रु एक अरब ५९ करोड ३१ लाख १ हजारको प्रस्तावित आयव्यय वजेट कार्यक्रम संशोधन सहित पारित गरिएको छ ।
सोमबार व्यासका नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न ३९ औं व्यास नगर सभाले सो बजेट पारित गरेको हो ।
आर्थिक विधेयक २०८०, विनियोजन विधेयक २०८०, विज्ञापन कर ९नियमित गर्ने० विधेयक २०८० संशोधन सहित पारित गरेको छ । उक्त सभाले व्यास नगरपालिका–२ स्थित गणेशमाचोकमा रहेको जिल्ला समन्वय समिति अन्तरगत रहेको दमौली ट्रेड सेण्टरलाई व्यास नगरपालिकालाई हस्तान्तरणका लागि अनुरोध गर्ने निर्णय गरेको छ । उप प्रमुख इन्दिरा दरैबाट प्रस्तुत न्यायीक समिति प्रतिवेदन, वडा अध्यक्ष मन बहादुर गुरुङबाट प्रस्तुत पुर्वाधार विकास समितिको प्रतिवेदन, वडा अध्यक्ष रमेशचन्द्र हड्खलेबाट प्रस्तुत आर्थिक विकास समितिको प्रतिवेदन,वडा अध्यक्ष काजिमान श्रेष्ठबाट प्रस्तुत गरी सामाजिक विकास समितिको प्रतिवेदन, वडाअध्यक्ष सुरेश थापाबाट प्रतिवेदन प्रस्तुत गरी छलफल मार्फत पारित गरेको छ ।
त्यसैगरी, सुशासन समितिको प्रतिवेदन, वडाध्यक्ष काशिराम श्रेष्ठबाट प्रस्तुत लेखा समिति प्रतिवेदन, वडाध्यक्ष खेमराज पोख्रेलबाट प्रस्तुत विधायन समितिको प्रतिवेदन, कार्यपालिका सदस्य रनसिंह नेपालीद्वारा प्रस्तुत वन तथा वातावरण समितिको प्रतिवेदन छलफल गरि पारित गरेको छ । सत्यवती माध्यमिक विद्यालय लगायतका माध्यमिक विद्यालयहरुलाई विषय थपका लागि अनुमति दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले जानकारी दिनुभयो । व्यास नगरपालिका अन्तरगतका नागरिकहरुलाई मालपोत सम्बन्धी सेवा प्रदान गर्न जिल्ला समन्वय समितिसंग एक सटर न्यूनतम भाडामा माग गरी सेवा प्रदान गर्न व्यवस्थापन गर्ने भएको छ । नगरपालिका अन्तरगतका विभिन्न समितिहरुलाई पुर्नगठन गर्न नगर कार्यपालिकालाई अधिकार प्रत्यायोजन गर्ने नगरपालिकाले जनाएको छ ।
व्यास नगरपालिका अन्तरगतका बेरुजु नियमित तथा फछ्र्यौट गर्न र नगरपालिकालाई शुन्य बेरुजुमा झार्नका लागि नगरसभाका सबै सदस्यहरु संकल्प व्यक्त गरेको नगरपालिकाले जनाएको छ । व्यास–१० दुम्सी बजार शिशुवा भतेरी स्थित गौ संरक्षण केन्द्रको स्थापनाकाल देखि स्वंयसेवी भई सहयोग गर्नुहुने प्रजापति सापकोटालाई नगर सभामा सम्मानित गरेको छ ।
व्यास नगरपालिकाका इञ्जिनियर कमल शर्माको असार १६ गते उपचारकै क्रममा मृत्यू भएकाले स्व।कमल शर्माको दिंवगत आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्ने प्रस्ताव पारित गरेको छ ।