राष्ट्रिय युवा संघ व्यास नगर कमिटिले व्यास नगरपालिका भित्र सन्चालित अस्पतालहरुले असहाय, विपन्न, र वेवारिसे नागरिकलाई १० प्रतिशत शैयाको निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न माग गदै ध्यानाकर्षण पत्र बुझाएको छ । बुधबार दमौलीको नेशनल एपोलो अस्पताल ,रत्नहरी अस्पताल,स्पार्क अस्पतालमा, सिटी जनरल अस्पताल र समाधान अस्पतालका सन्चालकहरुलाई ध्यानाकर्षण पत्र बुझाएको हो । उक्त ध्यानाकर्षण पत्रमा नीजि अस्पतालमा कार्यरत स्टाफ नर्स, अनमी, फर्मासिष्ट तथा ल्याव टेक्निसियनहरु अति न्युन पारिश्रामिकमा काम गर्न बाध्य भएको जनगुनासो आएको हुँदा ति स्वास्थ्यकर्मीहरुलाई नेपाल सरकारले तोकेको उचित पारिश्रामिक उपलब्ध गराउनु पर्ने माग गरिएको संघका अध्यक्ष अजित पन्थले जनाकारी दिनुभयो । ध्यानाकर्षण पत्रमा युवा संघले सरकारले जारी गरेको स्वास्थ्य संस्था, स्थापना, सन्चालन तथा स्तरोन्नती मापदण्ड सम्बन्धी निर्देशिका–२०७० तथा स्थानीय तहमा स्वास्थ्य संस्था दर्ता, अनुमती तथा नविकरण सम्बन्धी निर्देशिका–२०७४ मा अस्पतालमा उपचारकालागि आउने विपन्न, असहाय, तथा वेवारिसे विरामीकोलागि कुल शैयाको दश प्रतिशत छुट्याई निशुल्क उपचार अनिवार्य रुपमा उपलब्ध गराउनु पर्ने व्यवस्था गरेको भन्दै उक्त व्यवस्थालाई सबै अस्पतालले कडाईका साथ कार्यान्वयन गर्न माग गरिएको छ ।
