म्याग्दे गाँउपालिकाले आर्थिक वर्ष ०८०।०८१ मा संस्थागत विकास तथा सेवा प्रवाह क्षेत्रमा ११ करोड ६५ लाख ५९ हजार विनियोजन गरेको छ । यसैगरि आर्थिक विकास क्षेत्रमा ४ करोड ५५ लाख, सामाजिक विकास क्षेत्र अन्तरगत ९ करोड ६१ लाख ८५ हजार, पुर्वाधार विकास क्षेत्रमा १८ करोड ३६ लाख ६६ हजार र वातावरण तथा विपद व्यवस्थापनमा १ करोड ३४ लाख ४० हजार गरिक कुल ५५ करोड ५३ लाख ५० हजार वजेट व्यवस्थापन गरेको छ । यसमध्ये चालु खर्चमा २१ करोड ५३ लाख ८५ हजार अर्थात ३८.७८ प्रतिशत र पुँजीगत खर्च तर्फ ३३ करोड ९९ लाख ६५ हजार अर्थात् ६१.२२ प्रतिशत रहेको छ ।
