तनहुँको भानु नगरपालिका–१३ स्थित चन्द्रावतीमा आइतबार भगवान नैनेश्वर महादेव मन्दिरमा नयाँ मूर्ति प्रतिस्थापना गरिएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथी तनहुँ क्षेत्र नं १ का प्रतिनिधी साँसद डा स्वर्णिम वाग्ले रहनुभएको थियो ।समाज टोलमा हुने विकास निर्माणमा अनिवार्य श्रमदानलाई प्राथामिकता दिनुपर्ने बताउनुभयो । पर्यटक सम्भावना भएको यसको संरक्षण एवं सम्बद्र्धन गर्न आवश्यक रहेको जोड दिनुभयो । उक्त महादेवको मूर्ति निर्माणका लागि सोहि वडाका जन्मघर भई हाल दमौली बजार क्षेत्रमा बसोबास गर्दै आउनुभएका सिद्वबहादुर थापाले करिब रु दुई लाखको प्रतिस्थापना गनुभएको हो । कर्यक्रममा भानु–६ का वडाध्यक्ष धिरेज खनाल , दमौली अस्पताल विकास समितिका अध्यक्ष देबेन्द्र थापा,भानु–१३ का वडाध्यक्ष कृष्णप्रसाद अधिकारी,बिश्वबन्धु खड्का लगायतका व्यक्तिहरुको उपस्थित रहेको थियो ।