Listen
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली
मुख्यमन्त्री पोखरेलद्वारा शिवपञ्चायन मन्दिरको शिलान्यास

मुख्यमन्त्री पोखरेलद्वारा शिवपञ्चायन मन्दिरको शिलान्यास

सुरेश सुनार

२९ फाल्गुन २०७८, आईतवार

413
Share

तनहुँको व्यास नगरपालिका–७ कलेस्तीमा शिवपञ्चायन मन्दिर निर्माण हुने भएको छ । यस ठाउँलाई धार्मिक पर्यटकीयस्थल बनाउने उद्देश्यसहित मन्दिर निर्माण गर्न लागिएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उक्त मन्दिरको शनिबार शिलान्यास गर्नुभयो । सो अवसरमा उहाँले गण्डकी प्रदेश धार्मिक हिसाबले निकै महत्वपूर्ण प्रदेश रहेको चर्चा गर्नुभयो । प्रदेशलाई धार्मिक पर्यटनको माध्यमबाट समृद्ध बनाउने सकिने भएकाले त्यसतर्फ सरकारको जोड रहेको उहाँले बताउनुभयो । प्रदेशभित्र धेरै धार्मिक सम्भावना बोकेका ठाउँ भएकाले त्यसको विकासका लागि सरकारले सहयोग गर्ने मुख्यमन्त्री पोखरेलले प्रतिबद्धता व्यक्त गर्नुभयो । “धर्मलाई पर्यटनसँग जोडेर अगाडि लैजान सकिए प्रदेशलाई समृद्ध बनाउन सकिन्छ, त्यसतर्फ सरकार लागिपरेको छ”, उहाँले भन्नुभयो । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङ, तत्कालीन् संविधानसभा सदस्य रामचन्द्र पोखरेल, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलगायतले वेदव्यासको जन्मभूमि दमौली र आसपासका क्षेत्रलाई धार्मिक पर्यटनको माध्यमबाट विकास गर्न सकिने धारणा व्यक्त गर्नुभयो । हाते ट्र्याक्टर वितरण कृषि ज्ञान केन्द्र तनहुँले व्यास –९ गजौडेका कृषकलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको छ । सुनौला नयाँ गोरेटो कृषि सहकारी संस्थामा आबद्ध कृषकलाई ज्ञान केन्द्रले हाते ट्र्याक्टर वितरण गरेको हो । पचास प्रतिशत अनुदानमा नौवटा हाते ट्र्याक्टर वितरण गरिएको ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । कृषिमा यान्त्रिकरण गर्ने उद्देश्यसहित हाते ट्र्याक्टर वितरण गरिएको तिवारीले बताउनुभयो ।

हाते ट्र्याक्टरको कूल लागतको पचास प्रतिशत कृषकले र पचास प्रतिशत कार्यालयले व्यहोरेको छ । “लागत घटाउँदै कृषिमा यान्त्रिकरण गर्नका लागि कृषकलाई उपकरण दिएका हौँ”, उहाँले भन्नुभयो, “परम्परागत प्रविधिको खेतीले आम्दानीभन्दा खर्च धेरै भइरहेको छ । कृषिमा यान्त्रिकरण गर्न सके लागत घट्न गई आम्दानी बढाउन सकिन्छ ।” जिल्लाकै ऋषिङ गाउँपालिकाले कृषकलाई पचास प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको छ । गाउँपालिकाले वडा नं ४ भिरकोटका कृषकलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको हो । परम्परागतरूपमा कृषि पेशा गर्दै आएकालाई व्यावसायिक बनाउन १० कृषकलाई हाते ट्र्याक्टर उपलब्ध गराइएको प्रवक्ता विजय दरैले जानकारी दिनुभयो । हाते ट्र्याक्टर पाएपछि यहाँका कृषक खुसी भएका छन् । खेतबारी जोत्नका लागि गोरुको प्रयोग गर्दा लागत महङ्गो हुने गरेकाले हाते ट्र्याक्टरले लागत पनि कम गराउने बताइएको छ । गाउँका युवा विदेशिएकाले कृषि क्षेत्रमा काम गर्ने मजदुरको अभाव खेपिरहेका किसानलाई ट्र्याक्टर पाएपछि सहज हुने विश्वास गरिएको छ । गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले भन्नुभयो, “हाम्रो मुलुकमा विकसित प्रविधि किसानको पहुँचमा पु¥याउन नसक्दा निर्वाहमुखी उत्पादनमा अल्झिएका छौँ ।” ऋषिङका अधिकांश भू–भाग भिरालो भएकाले साना र हलुङ्गा किसिमका हाते ट्र्याक्टर किसानलाई उपयुक्त हुने बताइएको छ ।

(रासस)

प्रतिक्रिया छोड्नुस

छुटाउनुभयो कि ?

Tanahun taranga news

पार्टीको एकता जोगाउन सभापति देउवा लचक

Tanahun Taranga news

नेपाली कांग्रेसको सभापति पदमा महामन्त्री गगन थापाको उम्मेदवारी दर्ता

निर्वाचन आउन ५० दिन बाँकीः १७५ उम्मेदवारले फिर्ता लिए बन्दसूचीबाट नाम

आगामी निर्वाचनमा राप्रपा पहिलो पार्टी बन्नसक्छः अध्यक्ष लिङदेन

नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए

advertise with tanahun taranga news

सम्पर्क ठेगाना

तनहुँ तरङ्ग मिडिया प्रा.लि.

सूचना विभाग दर्ता नं: ३९४६-२०७९/८०

सम्पर्क

9807257785 / 9842268720

इमेल

tanahuntaranga@gmail.com

प्रकाशक/ प्रधान सम्पादक

सुरेश सुनार

सम्पादक

किरन नेपाली

समचारदाता

मनिता पन्थ

प्राविधिक प्रमुख

दिपिन बिश्वकर्मा

सल्लाहकार

सन्त बहादुर नेपाली

सल्लाहकार

बिनोद कुमार बि.क

सल्लाहकार

लाएन्स किङ्ग टंकु

हामीलाई फलो गर्नुस्

TanahunTarangaNews
newstanahun
TanahunTarangaTv

© Tanahun Taranga Media Pvt. Ltd. - 2026 All rights reserved.

Made in Damauli

Designed & Developed By : Dipin Bishwakarma

Hosted on : NestNepal