भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन्।ललिता निवास जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले मंगलवार उनलाई पक्राउ गरेको हो ।गुरुङलाई उनकै निवासबाट पक्राउ गरिएको सीआइबी स्रोतलेजानकारी दियो ।स्रोतका अनुसार अरु पनि केहीलाई पक्राउ गर्ने तयारी छ ।
